भेनेजुयला प्रकरणमा नेकपाको स्पष्ट र आधिकारिक धारणा, वाह्य हस्तक्षेप सह्य हुदैन

माघ२२, काठमाडौं — आन्तरिक मामिलामा वाह्य हस्तक्षेप कदापी सह्य हुदैन । मिलाउने वहानामा फुटाउने लडाउने अनेक हुन्छन् । भेनेजुयला प्रकरणमा अहिले यस्तै भईरहेको छ ।

भेनेजुयला प्रकरणको विषलाई लिएर अहिले विश्व ३ धुर्विकरणमा विभाजित भएको छ । अमेरिकी जस्ता केही शत्तिशाली राष्ट्र भेनेजुयलाको विपक्ष नेताको समर्थनमा छन् भने कोही युरोप लगायतका केही मुलुकहरुले मुरोडोका पक्षमा छन् । कोही उनीहरुको आन्तरिक मामिला भन्दै वाह्य हस्तक्षेप गर्न नहुने पक्षमा उभिएका छन् ।

हालै भेनेजुयलामा आन्दोलनको भिडबाट विपक्षी नेताले आफुलाई स्वघोषित रुपमा कार्यकारी राष्ट्रपति घोषणा गरेपछि विश्वमा एक तहल्का मच्चियो । भेनेजुयलाका विपक्षी नेताले आफुलाई राष्ट्रपति घोषणा गरेको विषयलाई अमेरिकाले समर्थन गरेपछि नेपालको सत्तारुढ दलले पनि यसको कडा विरोध गर्दै विज्ञप्ती जारी गर्यो ।

भेनेजुएलामा अमेरिकाको हस्तक्षेप भएको भन्दै, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ११ गते कडा विज्ञप्तिमार्फत  विरोध गरेका थिए । उता अमेरिकाले पनि यस विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग्यो । परराष्ट्र मन्त्रालयले पनि कूटनीतिक भाषामा नेकपा अध्यक्ष प्रचण्डकै भावमा वक्तव्य जारी गर्यो । तर नेपालभित्रै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले भने यसको तिव्र आलोचना र विरोध गर्न छोडेन ।

यसैविच सोमबार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले पनि भेनेजुएला प्रकरणमा आफ्नो अडान कायम राखेको छ । बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या देखिए त्यहीँका जनताले शान्तिपूर्ण निकास खोज्नुपर्ने बताएको छ ।
राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहेको र हरेक देशको सार्वभौमसत्ता स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने नेकपाको धारणा रहेको दोहरर्याएको छ ।

कुनै पनि देशको घरभित्रको राजनीतिक समस्या त्यही देशको संवैधानिक व्यवस्था अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने सरकारको वक्तव्य थियो । लगतै सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर ब्रिफिङ गरेको थियो । तर, अमेरिकी राजदूत भने आएनन् ।  कांग्रेसले भने नेपाललाई अमेरिकाले आर्थिक सहयोग हुदै आएको भन्दै उसलाई चिढ्याउन नहुने तर्क गरेको थियो ।

तर सत्तारुढ दल नेकपाले पार्टीको आधिकारकि धारणा दोर्होयाउँदै सचिवालय बैठकबाटै वक्तव्य जारी गरेको छ । सचिवालय बैठकपछि प्रवक्ता श्रेष्ठले ‘यस पार्टीको विदेश नीति र अन्तर्रा्ष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा छैन । यस सम्बन्धमा पार्टीको दृष्टिकोण र नीतिहरु स्पष्ट र स्थिर छ ।