क्रिकेट टोली स्वदेश फिर्ता, उपप्रधानमन्त्री पोखरेलद्धारा स्वागत

माघ, २१ काठमाडौं — राष्टिय क्रिकेट टोली स्वदेश आइपुगेको छ । युएई विरुद्धको एकदिवसीय र टी(२० सिरिज जितेर इतिहास रचेर टोली स्वदेश फर्किएको हो ।
टोलीलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राखेपका सदस्य सचिव केशवकुमार विष्ट लगायत खेलकुद पदाधिकारीसँगै खेलप्रेमीहरुको बाक्लो उपथिती रहेको थियो । खेलाडीलाई रातो कार्पेटमा स्वागत गरिएको छ ।