राप्रपाले फागुन ७ गतेबाट देशव्यापी रुपमा संघर्षका कार्यक्रम गर्ने

माघ,२१ काठमाडौ — राष्ट्रिय प्रजातन्त्र पार्टीले बिभिन्न मागहरु राख्दै फागुन ७ गतेबाट आन्दोलन गर्ने भएको छ ।

राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले हिन्दुराष्ट्र पूर्नस्थापना लगायतका मागहरु राखी फागुन ७ गतेबाट जनसंघर्ष गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

सनातन हिन्दुराष्ट्र पूनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, महिला विरुद्धको हिंसा, जातिय विभेद र छुवाछुत अन्त्यका लागि आन्दोलन गर्ने तयारी गरेको छ ।

त्यस्तै फागुन १५ गतेदेखि ३० सम्म ताप्लेजुङ्ग देखि कञ्चनपुर हुँदै काठमाण्डौसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने जनाएको छ ।