कांग्रेसको आज देशव्यापी शक्ति प्रदर्शन गर्दै

माघ, २१ काठमाडौ— नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्दैछ । बिभिन्न १६ वटा मुद्धा राखी कांग्रेसले शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनका लागि नेताहरु सम्बन्धित जिल्लामा पुगिसकेका छन्।

वाइडबडी प्रकरणदेखि ३३ किलो सुन काण्ड समेत मुद्धामा समावेश गरेको छ । सरकारले सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो ।