नेपाल टेलिकमले मुलुकभरी द्रुत गतिको फोरजी र एलटीई सेवा विस्तार गर्दै

माघ २१, काठमाडौं —नेपाल टेलिकमले अब फोरजी र एलटीई सेवा विस्तार गर्ने भएको छ ।

कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता भएपछि टेलिकमले अब फोरजी र एलटीई सेवा विस्तार गर्न लागेको हो ।

संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सम्झौता गरिएको छ ।

पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने गरी नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा र्यान नेटवर्क तयार गरिदै छ ।

सातै प्रदेशमा विस्तागर्न लागिएको र्यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ सेवा सम्झौता गरिएको एक वर्षमा परियोजना सम्पन्न गर्न लक्ष्य रहेको छ ।

२०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा नेपाल टेलिकमले मुलुकभरमा पहिलो पटक फोरजी र एलटीई सेवा सञ्चालन गरेको थियो ।

यो सेवाले मुलुकभरी द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि स्मार्ट सेल विथ वाइफाइ विस्तार हुने भएको छ ।