अब आन्तरिक रेमिट्यान्समा ६० हजारभन्दा बढी कारोबार गर्न नपाइने

माघ, २१ काठमाडौ — नेपाल राष्ट बैंकले आन्तरिक रेमिट्यान्सको नगद कारोबारमा कडाई गरेको छ । अब स्वदेशमै रेमिट्यान्स कम्पनीमार्फत ६० हजारभन्दा बढी नगद पठाउन र झिक्न नपाइने भएको छ ।

६० हजारभन्दा बढी रकम एकै पटक पठाउनु परेको खण्डमा बैंक खातामार्फत पठाउनुपर्नेछ । नगद कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले आन्तरिक रेमिट्यान्समा यस्तो व्यवस्था गरिएको हो ।

यसअघिसम्म दैनिक वा एक पटकमा १ लाख रुपैयाँसम्म नगद पठाउन र झिक्न पाइने व्यवस्था थियो ।