प्रदेश ३ मा सोनाम ल्होसारका दिन सार्वजनिक विदा

माघ २१, काठमाडौं — प्रदेश ३ को सरकारले तामाङ समुदायले मनाउदै आएको सोनाम ल्होसारको अवसरमा माघ २२ गते विदा दिने भएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषदको माघ ९ गतेको बैठकले सोनाम ल्होसारका दिन विदा दिने निर्णय गरेको हो । यस अघि माघ १६ गतेको शहीद दिवसका दिन पन सार्वजनिक विदा दिएको थियो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश ३ मा तामाङ समुदायको बाक्लो बसोबास भएकाले यस पर्वका दिन सार्वजनिक विदा दिएको जानकारी दिएको छ ।