अमेरिकी राष्ट्रपति ट्रम्पको, नेपाल र भुटान भारतकै अंग हो की भन्ने भ्रम

माघ२०, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटान भारतकै अंग हो की भनेर प्रश्न गरेको खवर आएको छ ।

ट्रम्पका सल्लाहकारले दक्षिण एसियाको नक्साबारे ब्रिफिङ् गर्दा ट्रम्पले यस्तो प्रश्न सोधेको अमेरिकी गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई बताएको खब बाहिर आएको हो ।

नेपाल एक स्वतन्त्र देश हो भएको थाहा पाएपछि ट्रम्पले भुटानको नक्सा हेर्दै यो भारतको अंग थियो की भनि प्रश्न गरेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको सन् २०१७ अगस्टको बैठक अघि अधिकारीहरुसंगको ब्रिफिङ्मा ट्रम्पले नेपाललाई निप्पल र भुटानलाई बुट्टोन भनेर गलत उच्चारण गरेको पनि पोलिटिको म्यागेजिनले उल्लेख गरेको थियो ।

ट्रम्पको गुप्चर निकायसंग असन्तुष्टी रहेको अमेरिकी संचारमाध्यमले जनाएका छन्।