माघ २० गते तपाईको आज (राशिफल )

 

 

जोतिषचार्य

मेष राशि – धार्मिक कार्यमा रुचि बढ्दै जानेछ । प्रेमीसँग भेट हुन सक्छ । आम्दानीको नयाँ अवसर प्राप्त हुनेछ ।

वृष राशि – पारिवारको रहेको किचलो बढ्दै जानेछ । परिश्रम गरे अनुसारको प्रतिफल प्राप्त गर्नलाई गाह्रो देखिन्छ ।

मिथुन राशि – वैराग्यले सताउँनेछ । भाग्यको साथ मिल्नलाई गाह्रो हुनेछ । प्रेममा समस्या आउँनेछ ।

कर्कट राशि – भौतिक साधन जोड्ने राम्रो मौका मिल्नेछ । सम्बन्धमा राम्रो हुनेछ । मनोरञ्नमा समय बित्नेछ ।

सिंह राशि – सामाजिक काम र परोपकारमा समय बित्नेछ । कामको उचित मूल्याङ्कन हुनेछ । थोरै मेहनतबाट नै अधिकार प्राप्त हुनेछ ।

कन्या राशि – व्यापारमा घाटा होला । अचानक नसोचेको काममा धेरै खर्च हुनेछ । अचानक स्वास्थ्यमा समस्या आउँनेछ ।

तुला राशि – नजिकको व्यक्तिसँग विवादमा पर्न सकिन्छ बोलिमा सावधानी अपनाउँनु होला । समाजमा अपमानित हुनुपर्ने छ ।

वृश्चिक राशि – शत्रुपक्ष पराजित हुनेछन् । अध्ययनमा रुची बढ्नेछ । यात्राले मन प्रशन्न होला ।

धनु राशि – खर्च बढ्नेछ । अप्रिय समाचारले मन चिन्तित बनाउँनेछ । हात पर्न लागेको काम अरुले नै खोस्नेछन् ।

मकर राशि – थालेको काममा सफलता मिल्नेछ । सामाजिक सम्बन्धमा राम्रो हुँदै जानेछ । भाग्यले साथ दिनेछ ।

कुम्भ राशि – समयले साथ नदिदा काममा समस्या बढदै जानेछ । चोटपटकको भय छ सावधान भएर अगाडि बढ्नु होला । झन्झटिलो काममा समय बित्नेछ ।

मीन राशि – मान प्रतिष्ठामा वृद्धि होला । परोपकार गर्दा अरुले तारिफ गर्नेछन् । आम्दानीमा वृद्धि हुनेछ ।

यसदिनमा बेलुकी ४.३० देखि ६ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।