तेलको मुल्य बढ्यो

माघ २०, काठमाडौं – पछिल्लो समय आयल निगमले तेलको मुल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा गरी २र२ रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मुल्य लिटरको ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशनले नयाँ मुल्य सूची पठाएपछि नेपाल आयल निगमले पनि तेलको भाउ बढाएको हो ।

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । मूल्य समायोजनले निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने भएको छ । तर अन्तर्राष्ट्रिय बजारमा मुल्य निकै सस्तो हुँदा सरकारले भने त्यो अनुकुलको मुल्य समायोजन गरेको छैन ।