नेपाल एयरलाइन्सले पायो जापान उडानको अनुमति

माघ, १९ काठमाडौं– नेपाल एयरलाइन्सले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमती पाएको छ ।
निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानबाट शुक्रबार विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ ।
निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।