प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कारण प्रदेश नं २ को बैठक माघ २२ गते सम्म स्थगित

माघ१८, बुटवल —नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा र निर्मला पन्तका हत्यारा खोज्न वेवास्ता गरेको भन्दै प्रदेश नं ५ को वैठक पनि अवरुद्ध गरेको छ ।

वैठक शुरु हुने वित्तिकै प्रमुख विपक्षी दल काँग्रेसका नेता बलदेव शर्मा पोखरेल लगायतका साँसदहरु रोष्टम घेर्न गएपछि वैठक अवरुद्ध भएको हो ।

कांग्रेसले अवरोध सिर्जना गरेपछि सभामुख पूर्णबहादुर घर्तीले माघ २२ गतेसम्मका लागि वैठक स्थगित गरेका छन् ।

यसअघि चिकित्सा शिक्षा विधेयक र गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाली काँग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गर्दै आइरहेको छ ।