डा केसीलाई अनसन तोड्न पूर्वराष्ट्रपति डा.यादवको आग्रह

माघ१८, काठमाडौं — पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनरत डा केसीको स्वास्थ्य अवस्थाप्रति चासो देखाउदै अनसन तोड्न आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति डा.यादवले स्वास्थ्य कमजोर भएको भन्दै अनसन तोड्न केसीलाई आग्रह गरेका हुन् । साथै डा. यादवले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह पनि गरेका छन् ।

२४ दिनदेखि अनसन बसिरहेको डा. केसीलाई भेट्न डा. यादव शुक्रबार दउिसो शिक्षण अस्पताल पुगेका थिए । भेटपछि डां यादवले डा. केसीले उठाएको माग जनताको भएकाले उनको जीवन रक्षाका लागि सरकारलाई आग्रह गर्ने बताए ।

डा. केसीले अनसन तोडेर भएपनि जीवन रक्षा गर्न पूर्वराष्ट्रपति यादवले आग्रह गरेका हुन् ।