सेभियालाई हराउदै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा

माघ १७ , काठमाडौं – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुगेको छ । सेभियालाई पराजित गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाईनलमा प्रवेश गरेको हो ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ६–१ गोलको अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाले सेभियालाई पहिलो र दोस्रो लेग गरी ६–३ ले हराउन सफल भयो । पहिलो लेगमा भने बार्सिलोना २–० ले पराजित भएको थियो ।

फिलिपे कौटिन्होले दुई गोल गर्दै बार्सिलोनाको जित अघि वढेको थियो । त्यस्तै, कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, इभान रकिटिक र सर्गी रोबेर्टोले पनि एक एक गोल गरे ।

पहिलो हाफमा २–० गोलले अघि बढेको बार्सिलोनाले दोस्रो हाफमा थप चार गोल गरेको थियो । दोस्रो हाफमा सेभियाका लागि एरना लोपेसले गोल फर्काएका थिए ।

तर खेलको १३औं मिनेटमा कौटिन्होले गोल गरेपछि बार्सिलोनाको अघि वढ्ने काम सुरु भएको थियो । ३१औं मिनेटमा रकिटिकले गोल गरेपछि बार्सिलोनालाई दोब्बर अंकले अग्र स्थानमा पुगेको थियोे ।

त्यसैगरी ५३औं मिनेटमा कौटिन्होले पेनाल्टीबाट गोल गर्दै ३–० गोलमा पुग्यो । ठिक एक मिनेटपछि रोबेर्टोले फेरी गोल गरेपछि बार्सिलोनालाई ४–० गोल प्राप्त भयो । तर खेलको ६७औं मिनेटमा सेभियाका लागि लोपेसले गोल गर्दै ४–१ को स्थितिमा पुर्याएका थिए ।

खेलको ८९औं मिनेटमा स्वारेज र अतिरिक्त समयमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले सेभियालाई ६–१ गोलअन्तरले पराजित गरेको हो ।