अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फिर्ता

माघ१६ , क्यान्वेरा- अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फिर्ता भएकी छन् । उनी दूतावासका कर्मचारीहरुसँग विदा माग्दै आफू अब नफर्कने गरी नेपाल आएकी हुन् ।

मानव तस्करीको विवादमा मुछिएपछि उनलाई सरकारले राजीनामा मागेको थियो । तर बन्दोवस्तीका सामान लिन भन्दै राजीनामा नदिईकन अष्ट्रेलिया पुगेकी थिइन् । झण्डै ३ हप्ता राजदूत निवासको बसाईमा  उनले राजदूतको काम नगरी आफू निर्दोष भएको र आफूलाई फसाउन लागेको भन्दै अनौपचारिक भेटघाट मा व्यस्त भईन् ।

नेपाल फर्किएपछि आफूलाई लागेको आरोपको आधिकारिक धारणामाथी उनले प्रष्ट पार्ने बताइएको छ ।

सवारी चालक वाङ्चु शेर्पाले आफूलाई  मोटो रकम लिएर अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि शेर्पालाई सरकारले २२ मंसिरमा काठमाडौं बोलाएर स्पष्टिकरण लिएको थियो । यद्यपी उनले आफूमाथि लागेको आरोप निराधार भएको बताएकी छिन् । तर सरकारले भने मानव तस्वरीको गम्भीर आरोप लागेको भन्दै राजीनामा मागेको छ ।