सनराइज बैंकको नाफामा झण्डै ३५ प्रतिशतले वृद्धि

माघ १६, काठमाडौं – सनराइज बैंकले ७९ करोड २७ लाख ५४ हजार रुपियाँ खुद नाफा कमाएको छ । बैंकले  चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक फाइनान्सियल रिपोर्ट मार्फत करिब ८० करोड खुद नाफा भएको सार्वजनिक गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले ३४ दशमलव ९२ प्रतिशतले नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षमा ५८ करोड ७५ लाख ५८ हजार रुपियाँ मात्रै नाफा कमाएको थियो ।

तर बैंकको वितरण गर्न योग्य नाफा भने ७२ करोड ६१ लाख ५५ हजार रुपैयाँ मात्रै रहेको छ । ६३ अर्ब ६२ करोड ९२ लाख बैंकको निक्षेपबाट ७६ अर्ब ६ करोड २६ लाखमा बृद्धि भएको छ ।

त्यसैगरि कर्जा परिचालनतर्फ ५६ अर्ब २४ करोड १७ लाख रहेकोमा बढोत्तरी गरेर ६७ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ लगानी भएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५६ हजार रुपियाँ छ भने जगेडा कोषमा ४ अर्ब १० करोड ६१ लाख ३० हजार रुपियाँ जम्मा छ ।

गत वर्ष जगेडा कोषमा २ अर्ब १० करोड ५ लाख ३६ हजार रुपियाँ थियो । बैंकले यस अवधिमा एक अर्ब ७२ करोड १६ लाख रुपियाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । ४ अर्ब ४९ करोड ५५ लाख ब्याज आम्दानी गरेर बैंकले २ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ ब्याज खर्च गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १९ रुपियाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपियाँ ३७ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४१ पैसा थियो ।