माघ १५ गते तपाईको आज (राशिफल)

 

 

 

जोषिचार्य शिवराज रेग्मी

मेष राशि — धार्मिक कार्यमा रुचि बढ्दै जानेछ । प्रेमीसँग भेटघाट हुन सक्छ । रोजगारीको नयाँ अवसर प्राप्त हुनेछ ।

वृष राशि — राजनिति काममा विशेष सफलता मिल्नेछ । प्रतिभाले विशेष सम्मान पाउँनेछ । मन हर्षित रहला ।

मिथुन राशि — वैराग्यले सताउँनेछ । भाग्यको साथ मिल्नलाई गाह्रो हुनेछ । प्रेम सम्बन्धमा दूरी बढ्दै जानेछ ।

कर्कट राशि — काममा झमेला आउँला । नैराश्यता बढ्दै जानेछ । अनावश्यक झमेलामा दिन बित्नेछ ।

सिंह राशि — सामाजिक काम र परोपकारमा समय बित्नेछ । कामको उचित मूल्याङ्कन हुनेछ । पारिवारिक भेटघाटले मन खुशी हुनेछ ।

कन्या राशि — व्यापारमा घाटा होला । आखाँमा समस्या देखिन सक्छ । अचानक नसोचेको काममा धेरै खर्च हुनेछ ।

तुला राशि — उपहार प्राप्त हुनेछ । प्रिय व्यक्तिसँग मिलन भएर मन प्रशन्न होला । जोश जागर बढ्दै जानेछ ।

वृश्चिक राशि — शत्रुपक्ष हावि हुनेछन् । अध्ययनमा रुची घट्नेछ । अनावश्यक यात्राले खर्च बढ्ने छ ।

धनु राशि — मित्र मिलनको अवसर प्राप्त हुनेछ । भोजभतेरमा सरिक भैनेछ । सम्बन्धहरु प्रगाण बन्दै जानेछन् ।

मकर राशि — थालेको काममा सफलता मिल्नेछ । सामाजिक सम्बन्धमा राम्रो हुँदै जानेछ । भाग्यले साथ दिनेछ ।

कुम्भ राशि — समयले साथ नदिदा काममा समस्या बढदै जानेछ । चोरीको आरोप लाग्न सक्छ सचेत रहनु होला । नयाँ कामको थालनी नगर्दा राम्रो हुन्छ ।

मीन राशि —मान प्रतिष्ठामा हानी होला । दाम्पत्य जीवनमा दुरी बढ्दै जानेछ । स्वास्थ्यमा समस्या बढ्दै जानेछ ।

यसदिनमा दिनको १२ देखि १.३० बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।