ईरानलाई पछार्दै जापान फाइनलमा, ईरानको हारपछि प्रशिक्षकले दिए राजनामा

१५ माघ, काठमाडौं – इरानलाई पराजित गर्दै जापान एसिएन कप फुटबल प्रतियोगिताको फाइनलमा पुगको छ । ३—० को अन्तरले ईरानलाई पछार्दै जापान फाइनलमा पुगेको हो । जापानसँग हारेपछि इरानका प्रशिक्षकले पदबाट राजीनामा दिएका छन् ।

यूएईमा सोमबार पहिलो सेमिफाइनल खेलको पहिलो हाफसम्म इरान र जापान गोलरहित बराबरी थिए । तर इरानले ब्लक गर्न नसक्दा दोस्रो हाफपछि जापानले तीन वटै गोल सफल भयो ।

खेलको ५६ औं मिनेटमा, जापानका तर्फाबाट ओशाकाले दुई गोल गरे भने हरगुचले एक गोल गरे । खेलको ६७ औं मिनेटमा पेनाल्टी मार्फ ओशाकाले नै गोल गरेका थिए । त्यसैगरी ९१ औं मिनेटमा जेन्की हरगुचले अर्को एक गोल गरेपछि जापान ३—० को नतिजासहित फाइनलमा पुगेको हो । कतार र यूएईको प्रतिस्पर्धा गर्दै विजेता भएमा जापानलले अब उपाधि हात पार्नेछ ।

यसैबीच जापानसँग पराजित भएपछि आठ वर्षसम्म इरानको नेतृत्व गरिरहेका प्रशिक्षक कार्लोस क्वीरोजले राजीनामा दिए । उनी रियल मड्रिडका पूर्वप्रशिक्षक पनि हुन् । उनले युएईमा सन् १९७६ पछि पनि इरानलाई पहिलो उपाधि जिताउने धोको थियो । तर जापानसँग दोस्रो हाफमा इरानले ३ गोल खाएपछि उनी राजिनामा दिन बाध्य भएका थिए ।