पारसको शतकसँगै नेपालको शानदार जित

 

माघ, १४ काठमाडौं — नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ ।  कप्तान पारस खड्काले शतकसँगै नेपालले तेस्रो तथा अन्तिम खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ ।
युएईले बनाएको २५४ रन पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाएर २५५ रन बनाएको थियो । यो जितसँगै नेपालले युएईविरुद्धको तीन खेलको एकदिवसीय श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।