पशुपति क्याम्पस अगाडी नेविसंघ कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुत्ला

माघ,१३ काठमाडौँ — सरकारविरुद्ध चर्को नाराबाजी गर्दै कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीमै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
पशुपति क्याम्पस अगाडी नेविसंघका कार्यकर्ताहरु जम्मा भएर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका गरेका हुन् ।

प्रधानमन्त्री ओली सम्झौताविपरीत कम्युनिष्ट सरकारले डा.गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा नगरी विधेयक पारित गरेको , कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पहिचान गरी कारवाहीको दायरामा ल्याउन नसकेको, वाइडवडी जहाज खरिदमा भएको भनिएको अनियमितताबारे छानविन नगरेको भन्दै नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको हो ।

तस्बीर — नागरिक दैनिक