ब्राजिलमा खानीको बाँध भत्किएर ३४को मृत्यू, ३०० वेपत्ता, खोजी कार्य जारी

माघ १३, काठमाडौं— ब्राजिलमा शुक्रबार खानीको बाँध भत्किदा कम्तिमा ३४ जनाको मृत्यू भएको छ । झण्डै ३००को सँख्यामा हराईरहेका छन्  ।

ब्राजिलको दक्षिण–पूर्वमा ब्रुमाडिना नजिकैको खानी भत्किँएर आएको बाढीले मानवीय क्षति हुन पुगेको हो । हिलोसहितको बाढीले चमेनागृहमा खाजा खाइरहेकाहरुलाई बगाएको बीबीसीले जनाएको छ ।

हराइरहेकाहरुको उद्धार तथा खोजी कार्य भईरहेको छ यद्यपी जीवितै उद्धार हुने सम्भावना कम रहेको पाइएकोछ ।

बाँध भत्कनुको कारण नखुलेपनि उक्त बाँध ब्राजिलकै सबैभन्दा ठूलो खानी कम्पनी भालीको भएको जनाइएको छ । तीन वर्षअघि ब्राजिलकै मिनज जराइसस्थित मारिआनामा पनि बाँध भत्किएर १९ जनाले ज्यान गुमाएका थिए ।