सरकारले आगामी फागुनसम्ममा २० हजार कर्मचारी भर्ना गर्ने

 

माघ,१३ काठमाडौ —संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको भर्ना गर्ने बताएका छन् ।

नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उनले संघीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न २० हजार कर्मचारीको आवश्यकता रहेको बताएका हुन् ।

उनले माघ महिनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गर्ने र त्यसपछि तीनै तहलाई आवश्यक कर्मचारी लोकसेवाबाट पदपूर्ति गरिने जानकारी दिए ।