वेष्ट इन्डिजसँग इंग्ल्यान्डको हार

माघ १३, काठमाडौं— पहिलो टेष्ट क्रिकेट खेलमा वेष्ट इन्डिजसँग इंग्ल्यान्ड पराजित भएको छ । वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ३८१ रनको ठुलो अन्तरले पराजित गरेको हो

६२८ रनको ठुलो लक्ष्य लिदै ब्याटिङ गरेको इंग्ल्यान्डले दोस्रो इनिङ्समा २४६ रन मात्रै बनाउन सफल भएपछि वेष्ट इन्डिजको शानदार जित भएको हो ।

इंग्ल्यान्डका कुनै पनि खेलाडीले राम्रो खेल खेल्न नसकेको देखिन्छ । रोरी बुर्नसले ८४ रन बनाएपनि अरु खेलाडीको दमदार प्रस्तुती हुन सकेन । इंग्ल्यान्डलाई वेष्ट इन्डिजका रोस्टन च्यास एकलैले आठ विकेट लिएका थिए ।

इंग्ल्यान्डले पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा ७७ रन मात्रै बनाएको थियो । यता, वेष्ट इन्डिजले भने आफ्नो पहिलो इनिङ्समा २८९ रन बनाएको थियो । तर दोस्रो इनिङ्समा भने उत्कृष्ट प्रदर्शन गर्दै वेष्ट इन्डिजले ४१५ रन बनाएपछि इंग्ल्यान्डले ६२८ रनको चुनौती पाएको थियो ।

दोस्रो इनिङ्समा वेष्ट इन्डिजका कप्तान जासोन होल्डरले दोहोरो खेल बनाएका थिए । उनले अविजित २०२ रन बनाए । त्यस्तै, शान डोव्रिचले पनि शतक प्रहार गर्दै अविजित ११६ रन बनाएका थिए ।