‘सरकारबिरुद्ध सडक हुदै सदनसम्म कांग्रेसले विरोध चर्काउँछ’ सभापति देउवा

माघ, ११ काठमाडौ — प्रतिनिधि सभामा आफूहरुको विरोधकाबीच नेकपा नेतृत्वको सरकारले पेलेरै चिकित्सा शिक्षा विधेयक पारित गरेपछि  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारबिरुद्ध सडक र सदनबाट विरोधमा उत्रिने बताएका छन् साथै उनले सरकारले आफ्ना पूर्व नेताहरुको नामै मेट्न खोजेको आरोप लगाएका छन् ।

देउवाले भनेका छन् ‘हाम्रा नेताको नाममा खुलेका अस्पताल संघीय सरकार मातहत नल्याउने निर्णय हामीलाई कदापि स्वीकार्य छैन ।’
सभापति देउवाले कम्युनिष्ट पार्टीको कार्य्विरुद्ध कांग्रेसले निरन्तर विरोध कार्यक्रम राख्ने पनि जानकारी दिए । ‘हाम्रो विरोध निरन्तर जारी रहन्छ । सदन र सडक दुवै ठाउँमा कांग्रेसले विरोध चर्काउँछ’, ।