प्रमुख विपक्षीको कडा विरोधका वावजुद चिकित्सा शिक्षा विधेयक पास

माघ११, काठमाडौं —प्रमुख विपक्षीको कडा अवरोध र विरोधका विच सरकारले चिकित्सा शिक्षा विधेयक पास गरेरै छाडेको छ ।

नेपाली कांग्रेसले संसदमा कडा नारावाजी गर्दै रोष्टम घेराउ गरेपनि मर्यादापालको सहयोगमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले रोष्टमा पुुगी विधेयक प्रस्तुत गरेपछि पास गरिएको थियो ।

मन्त्री पोखरलले विधेयकमाथि छलफलको प्रस्ताव पेश गर्दा विपक्षी सांसदहरुले नाराबाजी गरिरहेका थिए । यदपी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्दै पास गरिएको थियो ।