गगन थापाको आरोप ‘व्यापारीको पक्षमा लागेर सरकारले विधेयक पारित गर्यो ।’

माघ, ११ काठमाडौँ — चिकित्सा शिक्षा विधेयक २०७५ दुईतिहाइ बहुतबाट पारित गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रोशित भएको छ ।

कांग्रेको बिरोधबिच विधेयक पारित भएपछि कांग्रेस सांसद गगन थापालेआक्रोश व्यत्त गरेका छन् । दुईतिहाइको दम्भमा नेकपाको   सरकारले देशैभरी निषेधको राजनीतिक थालेको र यसको जवाफ नेपाली कांग्रेसले दिने बताएका छन् ।

नेता थापाले १७ दिनदेखि अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको माग पुरा नगरी सरकारले ताली बजाएर विधेयक पारित गरेको भन्दै यसले जटिलता बढाउने जिकिर गरे ।

थापाले आक्रोशित हुँदै भने, ‘केही मेडिकल कलेजका लागि सरकार प्रतिपक्षीसँग लड्न तयार भयो, केही व्यापारीको पक्षमा लागेर विधेयक पारित गर्यो ।’