भेनेजुयलामा स्वघोषित कार्यकारी राष्ट्रपति घोषणाको अमेरिकन समर्थन विदेशी हस्तक्षेप भएको प्रचण्डको ठहर

माघ ११, काठमाडौं—भेनेजुयलामा हालै विपक्षी नेताले आफूलाई गरेको कार्यकारी राष्ट्रपति घोषणालाई अमेरिकाले गरेको समर्थन अमेरिकी हस्तक्षेप भएको भन्दै विरोध स्वरुप नेकपाले विज्ञप्ति जारी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामा अमेरिकी हस्तक्षेप भएको ठहर गर्दै विरोध स्वरुप अंग्रेजीमा विज्ञप्ति निकालेका हन् ।
विज्ञप्तिमा प्रचण्डले आफ्नो पार्टी भेनेजुयलाका जनताको पक्षमा रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमार्फत भेनेजुयलाको भित्री कुरामा अमेरिका र उसका सहयोगीहरुले गरेको हस्तक्षेपको कडा निन्दा गर्दै नेकपाले, अमेरिकाले भेनेजुयलाका जनतालाई टुक्राएर द्धन्द्ध चर्काउने गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौति दिने काम गरेको प्रचण्डको आरोप छ ।

नेकपाले विज्ञप्तिमा प्रजातान्त्रिक तवरबाट चुनिएका राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिनुपर्ने उल्लेख गरेको छ । ‘भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइडोको आफूलाई गरेको घोषणालाई अमेरिका र क्षेत्रीय राष्ट्रहरुले सही छ भनी मान्यता दिन निर्वाचित राष्ट्रपतिविरुद्धको ग्रान्ड डिजाइन भएको,’ विज्ञप्तिमा उल्लेख छ, ।

यो नेकपालाई स्वीकार्य नहुने भन्दै प्रचण्डले विज्ञप्तिमार्फत अमेरिकाले एक दशकदेखि भेनेजुयलामा अमानवीय आर्थिक बन्देजहरु लगाएर तथा सैनिक हस्क्षेपको त्राश देखाएर हिंसा भड्काउन खोजेको बताएका छन् ।

भेनेजुयलामा २०१८ को मे मा चुनावबाट राष्ट्रपति पदमो निर्वाचित भएका मादुराले यही महिनाबाट दोस्रो कार्यकालका लागि सपथ खाएका थिए । तर मानवअधिकार विरोधी भएको, अर्थतन्त्रलाई धराशयी बनाएको भन्दै आन्तरिक शक्ति र अन्तर्रा्ष्ट्रिय समुदायबाट उनी आलिोचित भएका छन् ।

यही मौका छोपी विपक्षी नेता जुआन गुआइडोले गत बुधबार आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका थिए । जुआन गुआइडाको स्वघोषित कार्यकारी राष्ट्रपतिलाई अमेरिकाले गरेको समर्थनलाई लिएर मुडुरोले अमेरिकासँग सम्पूर्ण कुटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।

यता नेपालको सत्ताधारी पाटी नेकपाको प्रचण्डमार्फत आएको कडा विज्ञप्तिले अन्तराष्ट्रिय मुद्दामा ठुलै प्रभाव राख्ने अनुमान गरिएको छ ।