सुदूरपश्चिमको धनगढीबाट पनि श्रम स्वीकृति सेवा सुरु

माघ ११, काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुदूरपश्चिमको धनगढीबाट पनि श्रम स्वीकृति सेवा दिन सुरु गरेको छ ।

सरकारले आजदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति सेवा सुरु गरेको हो । अब वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि सुदुरपश्चिमबासीले पनि काठमाडौं धाउन पर्ने  छैन ।

यस अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४को पोखरा र प्रदेश ६को सुर्खेतबाट सेवा सुरु गरिसकेको छ ।अब प्रदेश १ को राजधानी विराटनगरबाट मात्रै श्रम इजाजत सेवा सुरु हनु बाँकी छ । यसको पनि तयारी व्यवस्था भईरहेको मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको थियो । ताहाचलबाट प्रदन गरिएको श्रम इजाजत प्रक्रियामा वैदेशकि रोजगारमा जानेहरुले अत्यधिक भिड सहित ठूलो सास्ती वेहोर्नुपरेको थियो ।