मनाङमा अधिकाँश बस्ती खाली, सुरक्षा व्यवस्था कडा

माघ ११ लमजुङ —चिसो अत्यन्तै बढेपछि अधिकाँश बस्ती खाली भएकाले चोरी शिकारी जस्ता अपराधिक गतिविधी वढ्न सक्ने भन्दै मनाङको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चिसो बढेपछि धेरैजसो स्थानीयबासी जिल्ला छोडेर अन्यत्र जाने गर्दा चोरी, शिकार जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

मनाङका अधिकांश बस्ती केही घरमा कुरुवा बाहेक धेरैजसो घरहरु खाली छन् ।