कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, (नेविसंघ) को विवाद सहित सदन अवरुद्ध गर्ने मुख्य एजेण्डा

माघ १०, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय, सानेपामा अहिले बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थप, सरकारविरुद्धका आन्दोलन लगायत समसामयिक विषयमा छलफल हुने भएको छ । ‘बैठक विशेषगरी नेविसंघ विवाद, सदनमा अवरोध र महासमिति बैठकले पारित गरेको विधानलाई दस्तावेजीकरणका बारेमा पनि छलफल हुनेछ ।

पार्टीको विधान अनुसार, भदौ २ गते हुनुपर्ने नेविसंघको १२ औं महाधिवेशन आन्तरिक विवादका कारण पटक पटक म्याद थप्दा हुँदा पनि हुन नसकेको र नेविसंघभित्रको सांगठिनक अन्यौलता उत्पन्न भएपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको वुझिएको छ ।

रामचन्द्र पौडेल समूह म्याद थप्न नगर्ने पक्षमा देखिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस नेता कृष्णप्रसाद सिटौला स्ववियू निर्वाचन आईरहेकालो समय थपेर अघि बढ्नुपर्ने पक्षमा छन् ।

यसअघि नेविसंघका महामन्त्री सरोज थापासहित ७ पदाधिकारीले यसअघि नै राजीनामा दिइसकेका छन् ।  त्यसैगरी प्रतिनिधीसभाको बैठक अवरोध गर्ने विषय पनि आजको बैठकको मुख्य एजेन्डा बनाइएको छ ।