मौसमका कारण विमानस्थलमा उडान तथा अवतरण प्रभावित

माघ, १० काठमाडौ — बिहानैदेखि हुस्सु लागेका कारण त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विमानको उडान तथा अवतरण प्रभावित भएको छ ।
भिजिबिलिटी कम भएका कारण बिहीबार बिहानैदेखि उडान तथा अवतरण भएको हो । सामान्यतया उडान तथा अवतरणका लागि भिजिबिलिटी १५०० मिटर वा त्यो भन्दा माथि हुनु पर्छ तर आज बिहानको भिजिबिलिटी ३०० मिटर मात्रै रहेका कारण बिमानस्थल प्रभावित भएको हो ,
बिहानैदेखि उडान तथा अवतरण प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् । केही दिनदेखि काठमाडौँबाट लुक्ला, फाप्लु, लामिडाँडासहितका पहाडी क्षेत्रमा हुने उडानहरु पनि मौसमकै कारण प्रभावित भएका छन् ।