राणा शासनको ज्यादती विरुद्धआहुती दिएका शहीदहरुको सम्झनामा शहीद सप्ताह सुरु

माघ १०, काठमाडौं —आजदेखि शहीद सप्ताह सुरु भएको छ । १०४ बर्षे जहानियाँ राणा शासनको ज्यादती विरुद्ध हाँसी हाँसी फाँसीमा ज्यान आहुती दिएका शहीदहरुको सम्झनामा शहीद सप्ताह सुरु गरिएको हो ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ मनाईने शहीद सप्ताह काठमाडौं महानगरपालिकाले संयोजन गरेको छ । आज बिहीबार पहिलो दिन टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शहीद सप्ताहको सुरु भएको छ । साथै शहीद शुक्रराज शास्त्रीको शालिकको अनावरण गरिएको  छ।

राणाहरुको एकलौटी निरंकुश शाषनविरुद्ध आम नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो ।

त्यसैगरी माघ १३ गते सिफलको रुखमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।

यद्यपी नेपालको पहिलो शहीद लखन थापालाई मानिदै आएको । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर मारिएको थियो ।

मुलुकका लागि जीउ ज्यान आहुती गर्ने बलीदानी शहीदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरिन्छ । शहीद दिवसका दिन पहिला पहिला दिने गरिएको सार्वजनिक विदा यसपालीदेखि सरकारले कटौती गरेको छ ।

सम्बन्धित छवि