भेनेजुयलामा खुआन गोइदो ‘कार्यकारी राष्ट्रपति’, अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन

माघ१०, काठमाडौं — भेनेजुयलाका विपक्षी नेताले आफूलाई ‘कार्यकारी राष्ट्रपति’ घोषणा गरेका छन् । हालका राष्ट्रपति निकोलस माधुरोविरुद्ध हजारौ नागरिकहरु लिएर सडकमा उत्रेका विपक्षी नेता खुआन गोइदोले आफूलाई ‘कार्यकारी राष्ट्रपति’ घोषणा गरेका हुन् ।

उनले बुधबार कराकासमा आफंूूलाई ‘कार्यकारी राष्ट्रपति’ घोषणा गरेका थिए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत ‘माधुरोको नाजायज सरकारको कारण भेनेजुयलाका नागरिकले लामो समयदेखि अप्ठ्यारो परिस्थितिको सामना गर्नु परिरहेको अवस्थामा भेनेजुयलाका नेशनल एसेम्बलीका अध्यक्ष खुआन गोइदोले गरेको कार्यकारी राष्ट्रपति’ घोषणालाई यस देशको अन्तरिम राष्ट्रपति स्वीकार गरेको लेखेका छन् ।

गोइदो भेनेजुयलाको राष्ट्रियसभा अध्यक्ष पनि हुन् । उनले सरकारविरुद्ध अवज्ञा आन्दोलन सुरु गर्न आह्वान गरेका थिए । बुधबार राजधानी कराकासमा सरकारविरुद्ध उत्रिएका प्रदर्शनकारीको सुरक्षाकर्मीहरुसँग झडपसमेत भएको थियो ।

झडपमा एकै रात चार जनाको मृत्यु भएको थियो । सोही बमोजिम लाखौं नागरिक सडकमा उत्रिएर सरकारविरुद्ध नाराबाजी गरेका छन् । जनवरीको शुरुवाततिर निकोलस मधुरोले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालको शपथ ग्रहण गरेका थिए । यद्यपी उनीमाथि धाँधली गरी चुनाव जितेको आरोप लागेको छ ।

निकोलस मधुरोको कार्यकालमा भेनेजुयला धेरै वर्ष आर्थिक संकटमा परेको चर्को मूल्यवृद्धि तथा खाद्यान्न र औषधि अभावका कारण लाखौं नागरिक पलायन पनि भएको लगायतका समस्याहरु देखा देखिएका थिए ।