माघ १० गते, तपाईको आज (राशिफल)

 

 

 

ज्योतिषाचार्य शिवराज रेग्मी

मेष राशि — अरुको लागि समय खर्च हुनेछ । अध्ययनमा रुचि घट्नेछ । सम्बन्धमा सोचे जस्तो निकट हुनलाई गाह्रो हुनेछ ।

वृष राशि — जग्गा जमिन बिक्रिको काम हुनेछ । सामाजिक सद्भावमा समस्या आउँनेछ । अनावश्यक कुराले मन भयभित हुनेछ ।

मिथुन राशि — भाग्यले साथ दिनेछ । भोजभतेरमा सहभागी भैएला । वैदेशिक क्षेत्रबाट सहयोग मिल्नेछ ।

कर्कट राशि — ईज्जत प्रतिष्ठामा दान लाग्न सक्छ । काममा झमेला आउँला नैराश्यता बढ्दै जानेछ ।

सिंह राशि — धार्मिक काम र परोपकारमा समय बित्नेछ । नयाँ काम प्राप्त हुनसक्छ । पारिवारिक भेटघाटले मन खुशी हुनेछ ।

कन्या राशि — सम्बन्धमा दुरी बढ्नेछ । आटेको काममा समस्या आउँनेछ । व्यापारका घाटा होला ।

तुला राशि — उपहार प्राप्त हुनेछ । धन प्राप्तिको अवसर जुट्नेछ । प्रिय व्यक्तिसँग मिलन भएर मन प्रशन्न होला ।

वृश्चिक राशि —राजनितिक सहयोगले आटेको काम बन्नेछ । पदउन्नतिको अवसर मिल्नेछ । सामाजिक काममा सहभागि भैएला ।

धनु राशि — शत्रुपक्ष हावि हुनेछन् । गरेको काममा ढिला सुस्ती हुनेछ । अध्ययनमा रुची घट्नेछ ।

मकर राशि — सामान्य चोटपटकको सम्भावना देखिन्छ । भाग्यले साथ नदिने हुदा बढि परिश्रम गर्दा मात्र सफल भैनेछ ।

कुम्भ राशि — सामान्य पराक्रम बढ्दै जानेछ । व्यापारमा वृद्धि होला। थालेको काममा सहलता मिल्नेछ ।

मीन राशि — मान प्रतिष्ठामा वृद्धि हुनेछ । दाम्पत्य जीवनमा खुशी मिल्नेछ । रमाईलो यात्रा हुनेछ ।

यसदिनमा दिनको १.३० देखि ३ बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।