पुराना नोटसँग नयाँ नोट साट्नुहोस, परिवार समुदाय र साथीभाईसँग खुसी बाँड्नुहोस

माघ ९, काठमाडौं — अब तपाईले पुराना, झुत्रा र च्यातिएका नोटहरु वोक्न पर्दैन । चिल्ला, आकर्षक र नयाँ नोटहरुसँग खुसी साट्न पाउनहुन्छ ।

नयाँ नोटहरु बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमा गएर साट्न पाउनुहुन्छ । अब तपाईका पुराना, र झुत्रा च्यातिएका सबै नोटहरु राष्ट्र बैंकले जलाएर नष्ट गर्दैछ । पछिल्ला ३ वर्षमा तीन वर्षमा पुराना झुत्रा नोटहरु जलाउनेको परिमाण दोब्बरले बढेको एक तथ्याँकले देखाएको छ ।

राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले चालू वर्षको पहिलो छ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरका १५ करोड ५२ लाख ६ हजार ६ सय ५८ वटा झुत्रा नोटहरु जलाइएको छ ।

यही दरको अनुपात वढ्ने हो भने आउँदो आर्थिक वर्षमा राष्ट्र बैंकले झन्डै एक खर्ब रुपैयाँ बराबरका नोट जलाउने सम्भावना बढेको छ ।
राष्ट्र बैंकले गत आर्थिक वर्षमा ५६ अर्ब ३६ करोड रुपैयाँ बराबरका नोट जलाइएको थियो ।

त्यसैले खल्तीमा नोट राख्दा सावधानी नअपनाउने र कच्याककुचुक पारेर राख्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ । सानातिना हरेक खरिदबिक्रीमा नोट प्रयोग हुँदा धूलोमैलो, चिल्लो र फोहोर नलाग्ने गरी लेनदेन काम गर्न जरुरी छ ।

अर्काे कुरा राष्ट्र बैंकबाट पछिल्लो समयमा छापिएका नोटको गुणस्तर कम भएकाले नोटहरु छिटो झुत्रिएको अनुमान गरिएको छ । अहिले ४ खर्ब ८१ अर्ब ८१ करोड रुपैयाँ बराबरका नोटहरु चलनचल्तीमा छन्। त्यसो त पछिल्लो समयमा ‘डिजिटल कारोबार बढाउन सकेमा नयाँ नोटको आयु नघट्ने निश्चित छ ।

राष्ट्र बैंकले झुत्रिएका नोट जलाउन मुद्रा व्यवस्थापन विभाग प्रमुखकै संयोजकत्वमा जलन समिति समेत बनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट संकलन भएका झुत्रा नोट राष्ट्र बैंकको रोहवरमा जलाइने भएको छ ।

त्यसैगरी नोटको प्रयोग सुरक्षित राख्नका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नोटको गड्डीमा स्टिच लगाउन गर्न रोक लगाएको छ । नोट केरमेट गरे वा नष्ट गर्न खोजे ३ महिनासम्म जेल सजाय, ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा पनि व्यवस्था रहेको छ ।