लघुकथा — संस्कार

कृष्ण प्रसाद न्यौपाने

एका बिहानै एक जना संतले कसैको झुपडीको आंगनमा उभिएर भन्दै थिए,

‘भिक्षां देही:।’

एउटी सानी बालिका झुपडीबाट बाहिर निस्केर भनि,
“जोगी बा बा, हामी गरिब छौं,हामी संग तपाईंलाई दिने जस्तो कुरा केही पनि छैन।घरमा खानेकुरा पनि नभएर हिंजो सांझ भोकै सुतेको हो हामी।”

त्यसपछि संतले भने,
“नाईं नभन छोरी,ठिक छ नि त; केही छैन भने यो तिम्रो आंगनको धुलो देउ।”

त्यो बालिकाले एक मुठी धुलो आंगनबाट उठाएर संतको पात्रमा हाली दिई।

शिष्यले सोध्यो, “गुरु जी, यो धुलो पनि कुनै भिक्षा हो? तपाईंले माटोको धुलो किन माग्नु भो?”

संतले भने, “बाबु, यदि यो बालिकाले आज ‘नाईं’ भन्न सिकी भने फेरी कहिल्यै पनि यसको हातबाट दान दिने क्षमता हराएर जाने छ।धुलो दिएर के भो त,दिने संस्कार त सिक्न शुरु गरी उसले।आज धुलो दिएता पनि कमसे कम दिने क्षमता त जाग्यो उसको मनमा…”

भोलि समर्थ भई भनें कुनै दुखीलाई दिन सक्षम हुने छ।

र…ति संतले आफ्नो झोलाबाट धेरै फलफूल निकालेर त्यो बच्चीलाई उपहार दिएर गए…

यदि हामीले कसैलाई सहयोग गर्न हृदय खोलि दिन्छौं भने…त्यसको हजार गुणा बढी खुशी हामीमा फर्केर आउनेछ….