काभ्रेमा यात्रु बस दुर्घटना २७ जना घाइते

माघ, ९ काठमाडौ — काभ्रे जिल्लाको पनौती नगरपालिका– ९ शंखुमा यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।
घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पतालमा १५ जना र धुलिखेल अस्पतालमा ९ जना उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ३ जना यात्रु स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

शंखुबाट पनौती तर्फ यात्रु बोकी आउँदै गरेको बा २ ख ५२१२ नम्बरको यात्रुबस सडकबाट दुई मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।  बसमा ४० यात्रु सवार रहेका थिए । पानी परेकाले बस चिफ्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।