पहिरोले थुनियो कालीगण्डकी, सर्तकता रहन महाशाखाको अनुरोध

माघ, ९ काठमाडौ — पहिरोका कारण कालीगण्डकी नदी थुनिएको छ । मुस्ताङ्गको घरापजोङ्ग गाउँपालिका–१ मा बुधबार बिहान खेसेको पहिरोले कालीगण्डकी नदीको केही भाग थुनिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदी पूर्णरुपमा नथुनिएकोले जोखिम पनि उच्च नरहेको महाशाखाले जनाएको छ । महाशाखाले म्याग्दीको बेनी बजारसम्मका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।