योजना बनिन् मिस डिभा

माघ, ८ काठमाडौ — मिस डिभा नेपालको उपाधि योजना भट्टराइले हासिल गरेकी छिन् । उनले प्रतियोगीतामा स्माइल विधाको अवार्ड समेत हात पार्न सफल पारेकी छन् ।

यसै प्रतियोगिताको फस्ट रनर अप सोनाली हमाल बनिन् उनले क्याटवाक विधाको अवार्ड पाइन् । सेकेन्ड रनर अपको उपाधि रिस्ना कटुवालले हासिल गरिन् ।

प्रतियोगिता अन्तर्गतको मुख्य विधामा अलिना विष्ट ट्यालेन्ट, दिक्षा पुन फोटोजेनिक, प्रतिमा देवकोटा पर्सनालिटी, अलिशा तामाङ पपुलर तथा मिरल पाण्डे वेष्ट ड्रेस अवार्ड विजेता तय गरिएका थिए ।