साढे दुई करोड ठगी फरार महिला पक्राउ

माघ८ , पोखरा -साढे दुई करोड ठगी गरी फरार भएकी एक महिला पक्राउ परेकी छिन् । बागलुङ बडिगार्ड गाउँपालिका-८ घर भइ पोखरा महानगरपालिका-२६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी रानालाई काठमाडौंको दरबारमार्गबाट पक्राउ परेकी हुन् ।

उनले विभिन्न प्रलोभन देखाई ठगी गरी फरार भएको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बताए ।

उनीविरुद्ध पोखरा(२६ अर्घौंका दिलमाया पुन, जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुन थापा, चन्द्रबहादुर सुनार लगायतले प्रहरमिा उजुरी गरेका थिए ।

उनले पोखरा(२६ अर्घौंकी दिलमाया पुनसँग मात्रै एक करोड ७० लाख ८५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

सरिताले आफू जडिबुटी कम्पनीको मालिक भएको, हाइड्रो पावरको मालिक, कवाडी सञ्चालकलगायत परिचय दिदै शुरुमा ५० हजार, एक लाख, दुई लाख गर्दै १० लाखसम्म लगेर फर्काएर विश्वास दिलाएर थप एक करोड लिएको पुनको दावी छ ।