प्रदेश २ मा काम ठप्प , सार्वजनिक कार्यालयमा तीन घन्टा ‘पेन डाउन’

माघ, ३ काठमाडौ —प्रदेश(२का सचिवलाई मन्त्रीले झापड हानेको विरोधमा प्रदेशका सबै सार्वजनिक कार्यालयमा तीन घन्टा ’पेन डाउन’ भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै झापड हानेको विरोधमा सबै कर्मचारीले ’पेन डाउन’ गरेका छन् ।

घटनामा दोषि उपर कार्वाहीको माग गर्दै निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको आह्वानमा कर्मचारी आन्दोलन थालेका छन्। शुक्रबार प्रदेशका आठै जिल्लामा रहेका कार्यालयहरुमा विहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा ’पेन डाउन’ गरि विरोध गरिएको हो। कर्मचारीहरुले ३ घण्टासम्म कामकाज नगरेपछि सेवाग्राहीहरुको विचल्ली भएको थियो ।