गोबिन्द केसीको बिरोधमा अनशन बसेका विजय थापा इमरजेन्सीमा

पुस, ४ काठमाडौ —चिकित्सा विधेयकको पक्ष र विपक्षमा माग राख्दै इलाममा अनशनरत डा.गोविन्द केसी र विद्यार्थी विजय थापाको स्वास्थ्य अवस्था थप चिन्ताजनक भएपछि दुवैलाई काठमााडौं ल्याइएको छ ।

अहिले दुबैजनाको त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी र आईसीयू कक्षमा उपचार भइरहेको छ । डा.केसीलाई अस्पतालको आईसीयू कक्षमा भर्ना गरिएको छ भने थापालाई इमरजेन्सीमा भर्ना गरिएको छ ।

चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि थापाले आमरण अनशन शुरु गरेका थिए । उनले डा.केसीको मागका विरुद्ध खुलेआम अनसन सुरु गरेपछि सबैको चासोका विषय बनेको थियो ।