दर्शनाबारे विवादास्पक समाचार लेख्ने अनलाईन सञ्चालक रोका पक्राउ

माघ, १ काठमाडौ   – विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग जोडेर विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने)को चरित्र हत्या गर्ने समाचार प्रकाशित गर्ने अनलाइन सञ्चालक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले बुधवार एक बिज्ञप्ती जारी गर्दै नेपालटक डटकम र मुक्तिखबर डटकमका सञ्चालक २४ वर्षीय श्याम रोकालाई पक्राउ गरेको बताएको छ ।

बिज्ञप्ती अनुशार सिन्धुपाल्चोक मेलम्ची घर भई उनि हाल काठमाडौं शान्तिनर बस्दै आएका छन् ।
महाशाखाको टोलीले रोकालाई पक्राउ गरी विद्युतीय अपराध कसुर अन्तर्गत अनुसन्धान सुरु गरेको बिज्ञप्तीमा उल्लेख छ ।