उच्चस्तरीय शिक्षा आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिबेदन –सबै निजी स्कुल गैरनाफामूलक बनाउने प्रस्ताव

 

माघ, १ काठमाडौ – निजी स्कुल गैरनाफामूलक बनाउन उच्चस्तरीय शिक्षा आयोगल प्रस्ताव गरेको छ ।
आयोगले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा निजी स्कुल गैरनाफामूलक बनाउने प्रस्तावसंगै ४५ मिनेटका दूरीमा माध्यमिक विद्यालय र एक शिक्षक बराबर ४० विद्यार्थी अनुपात कायम राख्न भनेको छ ।
१० वर्षभित्र सबै स्कुललाई शैक्षिक गुठी अन्तर्गत ल्याउने प्रस्ताव उच्चस्तरीय शिक्षा आयोगको छ । अहिले सार्वजनिक गुठी, निजी गुठी र कम्पनीका रुपमा स्कुलहरु सञ्चालनमा छन् ।