६० हजार कर्मचारीले भरे समायोजन फारम

माघ, १ काठमाडौ   – संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा जान ६० हजार कर्मचारीले अनलाइनबाट फारम भरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको २१ दिने समय बुधबार सकिँदैछ ।
आवेदन दिने समय थप गर्न कर्मचारी संघसंगठनले माग गरे पनि समयसीमा थप्ने संभावना नरहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ४० हजार आठ सय ४५ कर्मचारीले आफू केन्द्रमा नै समायोजन हुन चाहेको आवेदन दिएका छन्। प्रदेश अन्तर्गत जान ५१ हजार एक सय ८३ कर्मचारी इच्छुक देखिएका छन् भने स्थानीय तहमा दुई लाख ९२ हजार नौ ७८ संख्या पुगेको छ।