ज्योतिषशास्त्रको सहयोग लिएर जिवनलाई सुुन्दर वनाउनुुहोस ।

जोतिषआचार्य शिवराज रेग्मी

ज्योतिषां नयनं चक्षुस् चक्षो सूर्य अजायत । भूत भव्यं भविष्यं च सर्व वेदात्प्रसिद्धयति ।’ अर्थात् ज्योतिष भनेको आँखा हो, जो सूर्यले देख्न नसकेको कुरा पनि देख्न सक्छ, अरूले नजानेको विषय पनि जान्न सक्छ । यही  शास्त्रको  सहयोगले  विगत, वर्तमान र भविष्यका कुरालाई छर्लङ्ग देखाउन सकिन्छ । तसर्थ ज्योतिषशास्त्रलाई महर्षिहरूले पनि वेदको आँखाका रूपमा व्याख्या गरेका छन् ।  यो  आखाँले नै जीवनलाई सही मार्गमा  हिड्न  सिकाउँछ ।
मैले जीवनको १६ बसन्त ज्योतिषशास्त्रको लागी  अर्पण गरेको छु  मानव भएर मानवको नै  सेवा  गर्ने माध्यम मेरो लागि ज्योतिषशास्त्र  बनेको  छ ।  १३  वर्षको  उमेरमा भारतको  बनारस  गएर  सँस्कृतका  श्लोक पढ्दै  सुरु भएको  मेरो ज्योतिषशास्त्र  अध्ययनको  यात्राले  नेपाल  सँस्कृत विश्वविद्यालयको स्नातकोत्तरबाट  औपचारिक  बिश्राम  लियो । मानव  जीवनलाई नजिक बाट  चिन्ने   र  अरुलाई जीेउन सिकाउने कार्यमा  भने  हिजो  भन्दा  आज   अझ निखारिदैँ गएको  महशुस  हुन्छ । यस शास्त्रको अध्ययन  अनुभव र  अभ्यासले अझ  यस  क्षेत्रमा  अगाडि  बढ्न  र  तपाँईको भविष्यलाई सहि निर्देश गर्न मलाई  सहयोग  गरिरहेको छ ।
२० वर्षको  उमेरबाटै  सञ्चार माध्यममा आबद्द भएर मानिसका विभिन्न कौतुहलतालाई ज्योतिषशास्त्रको सहयोग लिई मेट्ने  प्रयास गरे र आज पनि यसै क्षेत्रमा  निरन्तर  लागिरहेछु । औपचारिक सञ्चारमाध्यम  होस्  वा  अनौपचारिक  भेट  तर  मेरो  उद्देश्य भने  सधै ज्योतिषशास्त्रको सहयोग लिएर मानिसको  साथमा रहने र उनिहरुको  समस्याको समाधान गर्ने बन्यो ।
ज्योतिषी डा नारायणदत्त श्रीमालीका  अनुसार ‘जसले जीवनमा ज्योतिषको ज्ञान लिएन, ऊ अन्धकारमा बाँच्यो र मरेपछि पनि ऊ अन्धकारमै हराउनेछ ।’यसै  भनाईलाई सिद्द गर्दै  पूर्वीय समाजबाट उदायको यस  ज्ञानले  अहिले पाश्चात्य जगतलाई  समेत ठूलो  सहयोग  गरिरहेको छ ।   विज्ञानले  पनि प्रमाणि गरेको  यो  पूर्वीयशास्त्रको ज्ञानलाई  आज पाश्चात्य क्षेत्रमा  समेत  फैलाउँन  पाउँदा निकै खुशी  पनि छु ।  अनलाईन एप्लिकेशन “योद्या” मा  अहिले  मानव  स्रोत  व्यवस्थापकको रुपमा कार्य गर्दै  पश्चिममा देशका ग्राहकलाई  समेत  ज्योतिषशास्त्रको  माध्यमबाट सेवा दिएर  सन्तुष्ट  बनाउन सक्नु यस ज्ञानबाट  पाएको  ठूलो  उपलब्धि हो ।
ज्यातिषशास्त्रको  ज्ञान  र  अवधारणालाई  देश विदेशमा  फैलाएर  यसको  महत्वलाई  जीवन्त बनाईराख्न यसै क्षेत्रसग सम्बन्धित विभिन्न संस्थहरुमा पनि आबद्ध भएको छु ।    ज्यातिष  भन्नु नै  जीवनको  ऐना  हो  जसले  तपाईको  भविष्यलाई  तपाँई  सामु राख्न सहयोग गर्छ  । यसले वर्तमानलाई  सही  तरिकाले  जीउने  र  भविष्यमा आईपर्ने  नराम्रा  घटनाबाट  बच्न र  सहि निर्णय लिएर  अगाडी बढ्न  सहयोग  गर्दछ। हरेक  क्षेत्रमा  राम्रा  नराम्रो  सबै पाटो  समेटिन्छन ।  ज्योतिषशास्त्रलाई  कमाई  खाने  भाडो बनाएर  समाजमा एउटा  नकरात्मक   हल्ला  फैलाउने ढोगी  पनि छन् ।  तर  तपाई पनि सचेत  बन्नुहोस् सत्य  र  ज्ञानी ज्योतिषीको  शरण बाट सधै  जीवन सही दिशामा  अगाडी बढ्ने छ ।
 तपाईको  जीवनलाई ज्योतिषशास्त्रको  माध्यमबाट सुन्दर बनाउने मेरो  प्रयासको  नयाँ  अध्याय अब डिजिटल पत्रकारीताबाट सुरु  गरेको  छु । यस इमेल खवर डट कममा  रहेर  तपाईले आफ्नो दैनिक  राशिफल, विभिन्न चाडपर्वको  जानकारी  ग्रहले तपाई  हाम्रो  जीवनका पारिरहेको  प्रभाव  र  ज्योतिषसँग  सम्बन्धित  विभिन्न  जानकारी दिने   प्रयासमा  म   निरन्तर  लागिरहने छु, मेरो ज्ञानलाई  अझ निखार्नका  लागि  तपाईको सल्लाह सुझाव पनि  सधै आशा रहने छ ।