माघ महिना १ गते: तपाईको राशिफल

जोतिषचार्य शिवराज रेग्मी

मेष राशिको लागिआफन्तजनसँग भेटघाटको अवसर मिल्नेछ । सामाजिककार्यमा सहभागि भैएला । मन प्रशन्न रहने छ ।

वृष राशिको लागि मिष्ठान्न भोजनकाृ अवसर मिल्नेछ । बोलिको प्रभाव बढ्ने छ । रोकिएको काम सम्पन्नहुनेछ।

मिथुन राशिको लागि मित्रजनसँग भेटघाटको अवसर जुर्नेछ । प्रेमसम्बन्धमा सुमधुरता छाउँनेछ । धनप्राप्तिको योग देखिन्छ ।

कर्कट राशिका लागि नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ । ठूलो मान्छेको सहयोगबाट काम सम्पन्न हुनेछ । पारिवारिक जमघटमा रमाईलो समय बित्नेछ ।

सिंह राशिका लागि धार्मिक कार्यमा मन जानेछ । अरुको सहयोगमा धनखर्च हुनेछ । मनमा प्रशन्न हुनेछ ।

कन्या राशिका लागि यात्रामा केही झमेला आईपर्न सक्ने हुदाँ अलि सहज भएर यात्रा गर्नुहोला । अनावश्यक कार्यमा धनखर्च हुनेछ ।

तुला राशिका लागि वैशिक कार्यका सफलता मिल्नेछ । दाम्पत्यमा जीवनमा खुशि मिल्नेछ । रमणिय र सुखदयात्राको अवसर जुर्नेछ ।

वृश्चिक राशिका लागि राजनिक कार्यमा सहभागिता भईनेछ । सामाजिक मान सम्मानको अवसर प्राप्तहोला । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु राशिका लागि अनावश्यक चिन्ताले सताउँने छ । खर्चमा वृद्धि होला । पारिवारिकसम्बन्धका किचलो हुनेछ ।

मकर राशिका लागि गरेको काममा रोकावट आउँनेछ । साथीभाईसँग मनमुटाव होला । स्वास्थ्यमा केही समस्या देखिन सक्छ ।

कुम्भ राशिका लागि पढाईमा मन जानेछ । रोजगारिको नयाँ अवसर प्राप्तहोला । पराक्रम बढ्नेछ ।

मीन राशिका लागि अनावश्यक काममा बढि समय खर्चनु पर्ने देखिन्छ । मानसिक अस्थिरता बढ्ने छ । बोलिले गर्दा सम्बन्धमा समस्या आइपर्ला ।