रायसिना संवादमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादै

पुुस, २६ काठमाडौं— परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत जाँदैछन् । चौथो संस्करणको  रायसिना संवादमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीबार नयाँ दिल्ली जान लागेका हुन् ।
अब्जर्भर रिसर्च फाउण्डेशन र भारतीय विदेश मन्त्रालयको सहकार्यमा रासयिना संवादको आयोजना हुँदै आएको छ ।  मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग पनि छलफल गर्ने बताइएको छ ।