अत्यधिक हिमपात हुुम्लाको जनजीवन प्रभावित

 

पुस, २५ काठमाडौ —हुुम्ला जिल्लामा अत्यधिक हिमपात भएको कारण जनजीवन प्रभावित बनेको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ ।
विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो। हवाईसेवा अवरूद्ध भएको छ। हवाईसेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ ।

हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन्। माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेको छ। हिमपातपछि तापक्रम घट्दै गएको छ। सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ।
रासस