आयल निगमको निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

पुुस, २४ काठमाडौ —नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
निगमको कार्यकारी निर्देशकका लागि खुला दरखास्त आव्हान गरिएको थियो। जसमा १२ जनाले आवेदन दिएका थिए ।